निर्वाचन प्रहरी’ का लागि भर्ना खुल्यो, सवा लाख माग


काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले निर्वाचन प्रहरीको भर्ना खुलाएको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ‘निर्वाचन प्रहरी’ भर्ना खुलाइएको हो । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग भर्ना छनोट शाखाले बिहीबार सूचना जारी गर्दै एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको हो ।

भर्नाका लागि पुस २५ गते शुक्रबारदेखि माघ १ गतेसम्म दरखास्त दिन सकिनेछ । बिदाको दिन पनि आवेदन दिन सकिने सूचनामा उल्लेख छ । विगतमा सरकारले तीन महिनाका लागि म्यादी प्रहरी भर्ना गर्दै आएको थियो । यसपटक नाम बदलेर ‘निर्वाचन प्रहरी’ राखेको छ । निर्वाचन प्रहरीका लागि मात्रै साढे सात अर्ब बजेट आवश्यक पर्ने गृह मन्त्रालयले जनाएको छ । यसपटक दुई महिनाका लागि मात्र प्रहरीमा कायम रहनेछन् ।