काठमाडौं । रास्वपा नेतृ खेमकुमारी (उर्मिला) भुर्तेलले काठमाडौं–५ बाट उम्मेदवार बन्न पार्टीमा निवेदन दिएकी छन् । रास्वपाले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षका लागि आह्वान गरेकोमा उर्मिलाले कांग्रेस युवा नेता प्रदीप पौडेलले जितेको काठमाडौं–५ बाट उम्मेदवार बन्न निवेदन दिएकी हुन् ।
झापा घर भएकी उर्मिला २०७९ को निर्वाचनमा महोत्तरी–४ बाट उम्मेदवार बनेकी थिइन् । त्यसबेला पनि उनी रास्वपाबाटै उठेकी थिइन् । महोत्तरी–४ मा एमालेका लक्ष्मी महत्तोले जितेका थिए । उनले तत्कालीन माओवादीका उम्मेदवार गिरिराजमणि पोखरेललाई पराजित गरेका थिए । लायन्स क्लबमार्फत समाजसेवामा सक्रिउ उर्मिला रास्वपाकी चर्चित युवा नेतृ हुन् ।












प्रतिक्रिया