काठमाडौं । सन् २०२४ को जेनजी विद्यार्थी विद्रोहपछि बंगलादेशमा शेख हसिनाको १५ वर्षे शासन अन्त्य गर्यो। र, नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व दिइयो । बिहीबार बंगलादेशमा शान्तिपूर्वक मतदान सम्पन्न भयो । तर परिणाम जेनजी विद्यार्थीको पक्षमा आएन । जेनजी विद्रोहो नेतृत्ज गर्ने नेशनल सिटीजन पार्टी (एनसीपी) मात्र करिब ६ सिट जित्यो । बंगलादेशी नागरिकले विद्यार्थीलाई पत्याएनन् ।
निर्वाचनमा बांग्लादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले बिहीबारको चुनावमा निर्णायक जित हासिल गरेको छ। बीएनपी र सहयोगीहरूले २९९ मध्ये २०९ देखि २११ सिट जितेका छन्, जसले दुई तिहाइभन्दा बढी बहुमत सुनिश्चित गरेको छ।
जमात ए इस्लामी नेतृत्वको ११ दलीय गठबन्धनले ६८ देखि ७० सिट जितेको छ। १७ वर्ष निर्वासनपछि फर्किएका तारिक रहमानले ढाका १७ र बोगरा ६ दुवैबाट ठूलो मतान्तरले जितेका छन्। अब उनी प्रधानमन्त्री बन्ने निश्चित जस्तै छ। योसँगै ३५ वर्षपछि बांग्लादेशले पुरुष प्रधानमन्त्री पाउने पक्का भएको छ।
अन्तरिम सरकारले शेख हसिना नेतृत्वको अवामी लिगमाथि प्रतिबन्धित लगाइएको छ। मतदान करिब ४८ प्रतिशत रह्यो। बीएनपीले नयाँ सरकार गठन गर्ने दाबी गरेको छ। पार्टीले उत्सवको सट्टा शुक्रबार प्रार्थनामा धन्यवाद दिन कार्यकर्तालाई आह्वान गरेको छ। यो जितले बांग्लादेशमा नयाँ युग सुरु गर्ने संकेत गरेको छ।
विद्यार्थी नेता नाहिद इस्लामको एनसीपीले अपेक्षाकृत कमजोर प्रदर्शन गर्यो। यो पार्टी २०२४ को विद्रोहका प्रमुख विद्यार्थी नेताहरूले गठन गरेका हुन्, जसले युवा मतदाता र सुधारवादी एजेन्डालाई प्रतिनिधित्व गर्ने वाचा गरेको थियो। एनसीपीले ३० सिटमा उम्मेदवारी दिएको थियो। उसले जमात ए इस्लामी नेतृत्वको गठबन्धनसँग सहकार्य गरेको थियो।
नाहिद इस्लामले ढाका ११ बाट जित हासिल गरेका छन्। पार्टीले केही क्षेत्रमा नतिजा हेरफेर र धाँधलीको गम्भीर आरोप लगाएको छ, मतगणना पुनः गर्न माग गरेको छ। अन्य केही विद्यार्थी नेताहरूले पनि सिट जितेका छन्, तर समग्रमा जेनजी र विद्यार्थी दलहरूले ठूलो सफलता हासिल गर्न सकेनन्।












प्रतिक्रिया