कांग्रेसको चुनावी प्रतिज्ञापत्र सार्वजनिक


काठमाडौँ – नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रतिज्ञापत्र सार्वजनिक गरेको छ ।
बुधबार पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा संयुक्त रूपमा जनकपुरको तिरहुतियागाछीमा आयोजित सभामा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् ।

कांग्रेसले घोषणापत्रलाई अहिले प्रतिज्ञापत्र भनेको छ । कांग्रेसले प्रतिज्ञापत्रमा भिजन १० समेटेको छ । जसमा सम्मुनत नेपालको नारा अघि सारिएको छ ।
यस्ता छन् १० भिजन
सम्मानित भएर बाँच्न पाउने नेपाल
सपना देख्न सक्ने नेपाल
सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल
पेटभरि खुवाउने, देशलाई चिनाउने किसानको नेपाल
ओखती र ओत दिने नेपाल
छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल
बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल
मौलिकतमा गर्व गर्ने आधुनिक नेपाल
विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल
समुन्नतिमा लम्किने नेपाल