समानुपातिकतर्फ रास्वपालाई ५० लाख मत, बन्यो रेकर्ड


काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड चार लाख १९ हजार २३४ मतगणना भएको छ । निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५० लाख ५४ मत प्राप्त गरेको छ । रास्वपाले ५० लाख मत ल्याएर रेकर्ड राखेको हो । यसअघि कुनै पनि दलले समानुपातिकमा यति मत ल्याएका थिएनन् ।

कांग्रेस र एमालेले ३२–३३ लाख मत पाएका थिए । नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६, एमाले०ले १४ लाख ११ हजार ४२९, नेपाली कम्युनिष्ट पार्टीले सात लाख ६६ हजार ८१५, श्रम संस्कृति पार्टीले तीन लाख ५८ हजार ४,१५ राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २४ हजार ८२१ मत प्राप्त गरेको छ ।

यस्तै, जनता समाजवादी पार्टी नेपालले एक लाख ७१ हजार ४३१, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ६६ हजार ४४४ र जनमत पार्टीले ७६ हजार ४४७ मत प्राप्त गरेको छ । मतगणना जारी छ । रास्वपाले प्रत्यक्षमा १७५ सिट जितेको छ । तीन तिहाइ सांसद रास्वपाका मात्र छन् । समानुपातिकमा ५० लाख कटाउँदा रास्वपाले ५८ जना सांसद पाउने देखिन्छ