काठमाडौं – प्रियंका कार्की र आयुष्मान जोशीले स्थापना गरेको आयंका फिल्म्स ब्यानरबाट निर्माण भएको सर्ट फिल्म ‘टाख’ रिलिज भएसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
१४ मिनेट ४४ सेकेन्ड लामो सर्ट फिल्ममा मुख्य भूमिकामा प्रियंका कार्की देखिएकी छिन्। ग्रामीण परिवेशमा आधारित कथामा उनले जोखिमपूर्ण ‘तुइन’ प्रयोग गर्ने पश्चिमेली गाउँको जनजीवनलाई जीवन्त रूपमा प्रस्तुत गरेकी छन्।
सम्तेन भुटियाको निर्देशनमा बनेको फिल्मलाई हालसम्म ४ लाखभन्दा बढी दर्शकले हेरिसकेका छन्। दर्शकले प्रियंकाको अभिनयको खुलेर प्रशंसा गरेका छन्।
फिल्ममा प्रियंकासँगै रोयल केसी, अर्जुन रेग्मी, घनश्याम जोशी र रेणुनाथ योगीको अभिनय रहेको छ। आयंका फिल्म्स ब्यानरमा बनेको यस फिल्ममा प्रियंका कार्की र आयुष्मान जोशीले लगानी गरेका हुन्।
उक्त ब्यानरबाट ‘जस्ट एनोदर लभ स्टोरी’ र ‘बसन्त’ जस्ता प्रोजेक्ट निर्माण भइसकेका छन् भने आगामी दिनमा पूर्ण लम्बाइको चलचित्र निर्माण गर्ने तयारी पनि भइरहेको छ।













प्रतिक्रिया