‘लालीबजार’ को पहिलो गीत ‘मायालाइ के दिउँ म बैना’ सार्वजनिक


काठमाडौँ – आगामी वैशाख १८ गतेदेखि नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को पहिलो गीत ‘मायालाइ के दिउँ म बैना’ सार्वजनिक भइसकेको छ।

सार्वजनिक गीतमा फिल्मकी मुख्य कलाकार स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, डेब्यु कलाकार विशाल देवकोटा, बालकलाकार समाइरा थापा, मुकुन्द श्रेष्ठ लगायत फिचर्ड छन्। षट्कोण आर्ट्सको निर्माणमा बनेको यो फिल्म बर्दियाको राजापुरमा छायांकन गरिएको हो।

फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी लगायतको अभिनय रहेको छ। यस फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदी डेब्यु गर्दैछन्।

निर्देशक यम थापा को कथा तथा निर्देशनमा बनेको फिल्मको पटकथा र संवाद थापा र प्रदीप भट्टराई ले संयुक्त रूपमा तयार गरेका हुन्। अभिनेत्री खड्काको नियमितभन्दा फरक भूमिकाले फिल्म प्रति दर्शकको उत्सुकता बढाएको छ।

फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई, भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता रहेका छन्।

अन्य टिममा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन सुशन प्रजापती, सम्पादन मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी, कलर रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउण्ड म्युजिक र मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ, कला निर्देशक उमेश चौधरी, कस्ट्युम डिजाइनर र स्टाइलिस जानकी कडायत, मेकअप काव्या थापा, सङ्गीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको उल्लेखनीय योगदान छ।