क्यानुलाबाट औषधि लिँदै रवि लामिछाने, चिकित्सकले बेड रेस्टमा बस्न सल्लाह


काठमाडौं – रवि लामिछाने निर्वाचनपछि बिरामी परेकाले हाल आराम गरिरहेका छन्। उनकाे सचिवालयका अनुसार बिहीबार पनि उनी फलोअपका लागि शिक्षण अस्पताल पुगेका थिए। अहिले लामिछाने क्यानुलाबाट औषधि लिइरहेका छन्।

सचिवालयका एक सदस्यका अनुसार चिकित्सकले बेड रेस्टमा बस्न सल्लाह दिएका भए पनि सभापति लामिछानेले सरकार गठनसम्बन्धी विषयमा वरिष्ठ नेता बालेन शाह सहित निरन्तर छलफल गरिरहनुभएको छ।