काठमाडौँ । प्रहरीले भक्तपुरको तेलकोटमा बाइक राइडर पिट्ने कार चालकको पत्ता लगाएको छ ।
शनिबार नगरकोट सडकखण्डमा ओभरटेक गरेको विषयलाई लिएर दुईजना मोटरसाइकल राइडर (भ्लगर) माथि सडकमै कुटपिट गर्ने कार चालकको नाम, ठेगाना र सम्पर्क नम्बर फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
‘व्यक्ति पहिचान भइसकेको छ, उसको नाम, नम्बर, ठेगाना सबै फेला परिसक्यो । हामी खोज्दै छौँ, अहिले उनी फरार छन्,’ परिसरका प्रवक्ता प्रकाश जबेगु लिम्बूले भनेका छन्। सामाजिक सञ्जालमा घटनाको भिडिओ भाइरल भएपछि प्रहरीले चालकको खोजीकार्यलाई तीव्रता दिएको हो ।
पक्राउ परेपछि मात्रै कार चालकको औपचारिक रूपमा नाम सार्वजनिक गर्ने प्रहरीको तयारी छ । स्थानीयले कार चालक अनुप लामा भएको बताएका छन् । भाइरल भिडिओको आधारमा उनका सामाजिक सञ्जाल अकाउन्टमा अपलोड भएका भिडिओ, त्यसमा देखिने उनको गेटअप, फेसियल रिग्निसन र लोकेसनसँग आदिको जाँच गर्दा कार चालक लामा नै रहेको पुष्टि भएको भएको हो ।













प्रतिक्रिया