काठमाडौं । नेपालमा नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी छोटो समयमै राष्ट्रिय राजनीतिमा प्रभावशाली दलका रूपमा स्थापित भएको छ। पार्टीको स्थापना, निर्वाचन परिणाम, सरकारमा सहभागिता, संसदका गतिविधि तथा पछिल्ला राजनीतिक घटनाक्रमले नेपाली राजनीतिमा नयाँ बहस सिर्जना गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा पत्रकार तथा सञ्चारकर्मी रवि लामिछानेले २०७९ असार महिनामा गरेका थिए। पार्टी २०७९ असार १७ मा निर्वाचन आयोगमा दर्ता भएको थियो । स्थापनापछि ‘अब जान्नेलाई छान्ने’ नारा लिएर पार्टीले वैकल्पिक राजनीति, सुशासन, भ्रष्टाचारविरुद्ध अभियान तथा युवामुखी नेतृत्वको एजेन्डा अघि सारेको थियो।
पार्टी स्थापनासँगै २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले अप्रत्याशित सफलता हासिल गरेको थियो। प्रत्यक्षतर्फ सात सिट जितेको रस्वापाले समानुपातिकतर्फ १३ सिट गरी कुल सिट २० सिट प्रतिनिधि सभामा चौथो ठूलो दल बनेको थियो।
२०७९ पुस १० मा बनेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी, एमालेसहितको गठबन्धन सरकारमा रास्वपाले उपप्रधानमन्त्री तथा गृह मन्त्रालय, श्रम र शिक्षा मन्त्रालय पाएको थियो ।
पार्टी सभापति तथा तत्कालीन गृहमन्त्री लामिछानेको नागरिकता विवादपछि २०७९ माघ २२ मा रास्वपाले सरकार छाडेको थियो । यसरी रास्वपा करिब एक महिना जति (करिब ४० दिन) सरकारमा रहेको थियो। त्यसपछि २०८०–२०८१ मा पनि केही समय पुनः सरकारमा सहभागी भएको थियो ।
संसदमा प्रवेशपछि रास्वपाले विभिन्न मुद्दा उठाउँदै सक्रिय भूमिका खेलेको थियो। भ्रष्टाचारविरुद्ध कडा आवाज, भुटानी शरणार्थी प्रकरण, सहकारी ठगीजस्ता विषयमा छानबिन माग, संसदीय समितिहरूमा सक्रिय भूमिका, प्रशासनिक सुधार र सुशासन सम्बन्धी बहस र नीति तथा कार्यक्रममाथि आलोचनात्मक टिप्पणी गर्दै रास्वपाले आफूलाई पुराना दलको विकल्पका रूपमा संसदमा निरन्तर प्रश्न उठाएको थियो।
तत्कालीन गृहमन्त्री रमेश लेखक संलग्न भनिएको भिजिट भिसा प्रकरणबारे छानबिनको माग गर्दै रास्वपासहित विपक्षी दलहरूले संसद अवरोध गरेका थिए। उक्त विषयमा रास्वपाले (झन्डै दुई हप्ता) संसद अवरुद्ध भएको थियो। त्यस समय रास्वपाका सांसदहरुले रोष्टम घेराउ गर्नुका साथै विभिन्न क्रियकलापहरू गरेको थियो।
अहिलेको अवस्था हेर्ने हो भने राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली राजनीतिमा एक शक्तिशाली र प्रभावशाली पार्टीको रुपमा उभिएको छ । हालैको निर्वाचन परिणामअनुसार प्रत्यक्षतर्फ करिब १२५ सिट,समानुपातिकतर्फ करिब ५७ सिट गरी कुल १८२ सिट जित्दै प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल बनेको छ। यस परिणामसँगै रास्वपा दुईतिहाइ नजिकको बहुमतसहित सरकार गठनको मुख्य दाबेदार बनेको छ ।













प्रतिक्रिया