गायक रामकृष्ण ढकाल को”मालती मंगले’को गीत ‘सुनैको सपनी’ सार्वजनिक …(हेर्नुस् भिडियो)


काठमाडौँ – गायक रामकृष्ण ढकाल को निर्माण तथा प्रस्तुति रहेको फिल्म मालती मंगले को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक गरिएको छ। नयाँ वर्षको वैशाख २५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको यो गीतले दर्शकमाझ राम्रो उत्सुकता सिर्जना गरेको छ।

गीतमा आनन्द अधिकारी को शब्द, उज्ज्वल सागर को सङ्गीत तथा रामकृष्ण ढकाल र रचना रिमाल को स्वर रहेको छ। ग्रामीण प्रेमकथामा आधारित यो गीतले सरल र भावनात्मक प्रेमको कथा प्रस्तुत गर्छ।

गीत सार्वजनिक कार्यक्रममा रामकृष्ण ढकालले सङ्गीतकार उज्ज्वल सागरलाई सम्मानस्वरूप हस्ताक्षरसहितको गितार उपहार दिएका थिए, जुन कार्यक्रमको भावुक क्षण बनेको थियो। दृष्टिविहीन सङ्गीतकार सागरले यस टिमसँग काम गर्न पाउँदा खुशी व्यक्त गरेका छन्।

निर्माता ढकालले फिल्म राष्ट्रकवि माधवप्रसाद घिमिरे को कृतिमा आधारित नभई मौलिक सामाजिक प्रेमकथा भएको स्पष्ट पारे। निर्देशक प्रकु पाण्डेय ले टिमको मेहनतले पारिवारिक फिल्म तयार भएको बताएका छन्।

फिल्ममा विजय बराल, वर्षा राउत र मेक्सम गौडेल मुख्य भूमिकामा छन्। साथै अन्य कलाकारहरूको पनि उल्लेखनीय सहभागिता रहेको छ।