काठमाडौं । निर्वाचन आयोगले समानुपातिक प्रणालीबाट निर्वाचित ११० जना प्रतिनिधिसभा सदस्यलाई प्रमाणपत्र वितरण गरेको छ। बिहीबार आयोगमा राष्ट्रिय मान्यता प्राप्त ६ दलका ११० सांसदलाई आयोगले प्रमाणपत्र वितरण गरेको हो।
आयोगले आजै राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन परिणामको प्रतिवेदन बुझाउने भएको छ। निर्वाचनको अन्तिम प्रतिवेदन बुझाएपछि नयाँ सरकार गठनका लागि बाटो खुल्नेछ ।
तर, राष्ट्रिय स्वतन्त्र पार्टीले भने सांसदहरुको शपथपछि मात्र नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने जनाएको छ। आगामी १२ चैतमा सांसदहरुको सपथको तयारी भइरहेको छ। त्यसलगत्तै बस्ने रास्वपाको संसदीय दलको बैठकले संंसदीय दलको नेता चयन गर्ने रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले बताएका छन्।
त्यसैले चैत १२ वा १३ गतेभित्र राष्ट्रपति प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना छ । रास्वपाले झन्डै दुई तिहाइ बहुमत पाएकाले सो पार्टीका वरिष्ठ नेता बालेन्द्र साह बालेन प्रधानमन्त्रीका दाबेदार हुन् । रास्वपाले संसदीय दलको बैठक बसेर बालेनलाई दलको नेता चयन गर्ने जनाएको छ ।













प्रतिक्रिया