रवि र बालेनबीच भेट, सरकार गठनमा जुट्यो रास्वपा


काठमाडौं । निर्वाचन आयोगले निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाएसँगै रास्वपाको शीर्ष नेतृत्व सरकार गठनमा जुटेको छ । बिहीबार राजधानीको एक होटेलमा रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह बालेन, वरिष्ठ उपसभापति स्वर्णिम वाग्ले र उपसभापति डिपी अर्यालबीच छलफल भएको हो । बैठकले राजकाजबारे छलफल गरेको वाग्लेले जानकारी दिए ।

रास्वपाले बालेनलाई भावी प्रधानमन्त्री प्रस्तावित गरेको छ । त्यसका लागि संसदीय दलको नेता चयन गर्नुपर्ने हुन्छ । एक दुई दिनमै बालेनलाई दलको नेता च