काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन्द्र साह बालेन प्रधानमन्त्री हुने भएपछि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले खुशी व्यक्त गरेका छन् । बालेन प्रधानमन्त्री बन्ने पक्का भएपछि निधिले शुक्रबार सामाजिक सञ्जालमा लेखेर खुसी व्यक्त गरेका हुन् । ‘बालेन साह नेपालको प्रधानमन्त्री हुने अब पक्का भएको छ ।
पहिलोपटक एउटा मधेशी व्यक्ति प्रधानमन्त्री हुँदैछ,’ निधिले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘असली र ऐतिहासिक राजनीतिक रुपान्तरण हो । पुस्तान्तरण मात्र होइन। देशी र विदेशी सबैले यो सत्य संज्ञानमा राख्नुपर्छ। म चुनाव हारे पनि साह्रै हर्षित छु। बालेन साहलाई बधाई छ ।’ निधि धनुषा–३ मा रास्वपाका प्रवक्ता मनिष झासँग भारी मतान्तरले चुनाव हारेका थिए ।
महेन्द्रनारायण निधिका छोरा विमलेन्द्रलाई विगतमा मधेशीबाट पहिलो प्रधानमन्त्री बन्न सक्ने नेताका रूपमा लिने गरिन्थ्यो । निधिले त्योअजुसार आफूलाई प्रस्तुत गर्दै आएका पनि हुन् । तर कांग्रेसको १४औं महाधिवेशनमा शेरबहादुर देउवा गुटबाट फुटेर आफैं सभापतिको उम्मेदवार बनेपछि भने उनको राजनीति ओरालो लाग्न थाल्यो । अन्तिममा उनले सभापतिमा देउवालाई सहयोग गरे । पछिल्लो समय उनको कांग्रेसमा कुनै पकड छैन ।













प्रतिक्रिया