काठमाडौं । नेपाली कांग्रेसले मंगलबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । यसअघि शुक्रबार र आइतबार दुई दिन केन्द्रीय कार्यसमिति बैठक बसेको थियो ।
बैठकले सभापति गगन थापाले पेस गरेको राजीनामा अस्वीकृत गर्ने निर्णय लिएको थियो । साथै, निर्वाचनबारे प्रारम्भिक समीक्षा पनि गरेको थियो । मंगलबार बस्ने बैठकमा निर्वाचनको पूर्ण समीक्षा हुने नेताहरूले बताएका छन् ।
भोलिको बैठकमा सभापति थापा पनि उपस्थित हुनेछन् । निर्वाचनपछि थापा पहिलोपटक बैठकमा सहभागी हुन लागेका हुन् । शुक्रबार र आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठक उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा बसेको थियो । अब सभापति थापाकै अध्यक्षतामा बैठक बस्ने नेताहरूको भनाइ छ ।













प्रतिक्रिया