काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फोन गरेका छन् ।
गोरले मंगलबार लामिछानेलाई फोन गरी निर्वाचनमा प्राप्त जितका लागि रास्वपालाई बधाई दिएको अमेरिकी दूतावासले जनाएको छ ।
‘अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै हाम्रो आर्थिक साझेदारीको सुदृढीकरण गर्न र हाम्रा दुई देशबिचको मित्रतालाई अझ गहिरो बनाउन उत्सुक रहेको छ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
हालै सम्पन्न निर्वाचनमा रास्वपाले १८२ सिट जित्दै बहुमतको सरकार बनाउने तयारी छ । रास्वपाबाट प्रधानमन्त्री बालेन्द्र साह बालेन मन्त्री छनोटको तयारीमा जुटेकै बेला सभापति लामिछानेलाई अमेकिरी विशेष दूतले टेलिफोन गरेर बधाई दिएका हुन् ।













प्रतिक्रिया