काठमाडौं । नयाँ सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंग्याउन रास्वपाका संसदीय दलका नेता बालेन्द्र शाह र सभापति रवि लामिछाने छलफलमा जुट्ने तयारी गरेका छन् । बिहीबार राति छलफल गरिएका नामहरुलाई अन्तिम रुप दिन शुक्रबार बिहानैदेखि छलफल भइरहेको छ ।
शुक्रार दिउँसो १२ः३४ मा शीतल निवासमा प्रधानमन्त्रीको शपथ कार्यक्रम राखिएकाले त्यसअघि नै १५ देखि १८ जना मन्त्रीहरुको नाम टुंग्याएर उनीहरुलाई शपथको तयारी गर्न जानकारी दिने उनीहरुको तयारी छ। मन्त्रीका लागि हालसम्म स्वर्णिम वाग्ले, शिशिर खनाल, सोविता गौतम, इन्दिरा रानामगर, सस्मित पोखरेल, सुनिल लम्साललगायतको नाम निश्चित भएको छ ।प्रधानमन्त्री नियुक्त भएपछि बालेनले आफूसँगै केही मन्त्रीहरूलाई शपथ गराउने तयारी गरिरहेका छन् ।
यतिबेला सबैभन्दा बढी चासो गृहमन्त्री को बन्ला भन्ने देखिएको छ । गृहमन्त्रीमा रास्वपा उपसभापति डिपि अर्याल र महामन्त्री सुनिल लम्साल चर्चामा थिए । अहिले सुधन गुरुङको नाम अगाडि आएको छ । जेनजी आन्दोलनबाट उदाएका गुरुङलाई गृहमन्त्री बनाउने विषयमा रास्वपा सभापति लामिछाने र बालेन दुवै सहमति नजिक पुगेको निकट स्रोतले बतायो । यद्यपी यी तीनमध्ये को गृहमन्त्री बन्छन् भन्ने टुंगो लाग्न भने बाँकी नै छ । सुधन गुरुङ बार्बरा फाउन्डेसन र तिब्बतीयन धर्मगुरु दलाई लामाको नेपाल प्रिितनिधि भएको भन्दै उनी नै बालेनको गृहमन्त्री बन्ने धेरैको आकलन छ । यदि सुधन गृहमन्त्री बने डिपी अर्याल सभामुख बन्ने बताइन्छ ।












प्रतिक्रिया