काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीको स्वास्थ्यमा ६ वटा समस्या देखिएका छन्। शनिबार बिहान पक्राउपछि काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पलतामा उपचाररत ओलीलाई विभिन्न किसिमका ६ वटा समस्या देखिएको अस्पतालले जनाएको छ। पूर्वप्रधानमन्त्री ओली हाल चिकित्सकको निगरानीमा छन् ।
शिक्षण अस्पतालले ओलीको स्वास्थ्यस्थितिबारे आइतबार विज्ञप्ति जारी गर्दै उनी चिकित्सकको अवलोकन एवं निगरानीमा रहेको जनाएको छ । ‘हाम्रो चिकित्सक टोलीद्वारा उपचार व्यवस्थापन भइरहेको छ’, अस्पतालले भनेको छ ।
ओलीलाई हाइड्रोनेफ्रोसिस, मधुमेह मेलिटस, उच्च रक्तचाप, हाइपोथायरायडिज्म, एपीसी र कोलेलिथियासिस भएको अस्पतालले जनाएकोृ छ । उनी मिर्गौला प्रत्यारोपणपछिको बिरामी पनि हुन्। ओली हाल शिक्षण अस्पतालको एनेक्स १ को बेड नम्बर ५०१ मा भर्ना छन् । जेनजी आन्दोलनमा दमन गरेर ७६ जनाको हत्या गरेको अभियोगमा उनलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो ।












प्रतिक्रिया