काठमाडौँ – जेठ १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म एक मुठ्ठी बादल”ले” को पहिलो गीत रेल घुम्यो घुम्ती सार्वजनिक गरिएको छ।
गीतमा आँचल शर्मा, निशा शर्मा र उषा रजक लगायतको आकर्षक नृत्य देख्न सकिन्छ। सुमित पाठकको संगीतमा मीना पोखरेल र इन्द्रकला राई को स्वर रहेको गीतलाई हर्क साउद ले लेखेका हुन्।
गीतले एउटै घरमा बस्ने तीन पुस्ताका महिलाको भावना र आवाजलाई समेटेको छ। भिडियोमा विवाह अघिको रमाइलो वातावरणलाई पृष्ठभूमि बनाउँदै पात्रहरूको जीवन भोगाइलाई प्रस्तुत गरिएको छ।
फिल्मकी निर्देशक सहारा शर्मा का अनुसार गीतमै चलचित्रको सार अभिव्यक्त गरिएको छ। उनले गीतकार हर्क साउदसँग विभिन्न चरणमा सहकार्य गर्दै कथाको भाव गीतमै अटाउने प्रयास चुनौतीपूर्ण रहेको बताएकी छन्।
यस फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजकसँगै भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला लगायत कलाकारहरूको अभिनय रहेको छ। अभिमन्यु दीक्षित निर्माता रहेको फिल्ममा निकुन श्रेष्ठ कार्यकारी निर्माता छन्।
कृतिका बरालको कोरियोग्राफी, निहाल भण्डारीको छायांकन र कृष्ण भण्डारीको सम्पादन रहेको फिल्मलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ।












प्रतिक्रिया