काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पर्साको सानो पाइला सहकारी ठगी प्रकरणअन्तर्गत म्याद बुझ्न वीरगन्ज प्रस्थान गरेका छन् । उनी बुधबार म्याद बुझ्न काठमाडौंबाट सिमरा हुँदै पर्सा जिल्ला अदालत, वीरगञ्ज पुगेका हुन् । बुधबार बिहान अदालतमा उपस्थित भई निर्धारित म्याद बुझ्ने कार्यक्रमअनुसार रवि काठमाडौंबाट सिमरा पुगेका थिए ।
सिमरा विमानस्थलमा अवतरणपछि लामिछानेलाई सुरक्षाकर्मीको निगरानी तथा व्यवस्थापनमा स्वागत गरिएको थियो। पर्सा जिल्ला अदालतमा उनको उपस्थितिलाई ध्यानमा राख्दै अदालत परिसर तथा वरपरका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको छ ।
लामिछानेका समर्थकहरू पनि अदालत परिसर आसपास भेला हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले निगरानी बढाएको छ। कुनै अप्रिय घटना हुन नदिन आवश्यक सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। अदालतमा उपस्थित भई कानुनी प्रक्रियाअनुसार म्याद बुझ्ने कार्यक्रम छ।












प्रतिक्रिया