मन्त्रालयको सोफामै सुतेको गृहमन्त्री गुरुङको तस्बिर भाइरल


काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले निर्माताभन्दा ठुलो निर्माण नहुने बताएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘निर्माताभन्दा ठुलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन।’

मन्त्रालयको सोफामा सुतेको तस्बिर सेयर गर्दै गुरुङले सामाजिक सञ्जालमा यस्तो अभिव्यक्ति दिएका हुन् । मन्त्रालयको कामले व्यस्त भएका मन्त्री गुरुङ सोफामै सुतेको देखिन्छ । बिहानदेखि रातिसम्म पनि गृहमन्त्री कार्यक्षेत्रमै खटिएको देखिएको छ ।

मन्त्री भएको दिनदेखि उनले विभिन्न एक्सन लिँदै आएका छन् । यो एक सातासम्म उनले भ्रष्टाचार, हत्या अभियोग, सम्पत्ति शुद्धीकरणमा झन्डै एक दर्जन उच्चपदस्थलाई पक्राउ गरेर छानबिन गर्न लगाएका छन् । साथै, प्रहरीका तीनवटै संगठनको कार्यालय अनुगमन गर्ने र निर्देशन दिन काम दिँदै आएका छन् । यहीबेला गृहमन्त्री गुरुङ सोफामा सुतेको फोटो भाइरल बनेको हो ।