मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन्। मंगलबार राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको मर्यादाक्रमअनुसार तेस्रो वरीयतामा परराष्ट्रमन्त्री शिशिर खनाल उक्लिएका छन् ।

यसअघि तेस्रो वरीयता कायम गरिएका गृहमन्त्री सुधन गुरुङ पाँचौं वरीयतामा पुगेका छन् । चौथोमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् ।

नयाँ वरीयताअनुसार प्रधानमन्त्री बालेनपछि दोस्रोमा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले छन् । सुधन गुरुङपति सुनिल लम्साल, सोविता गौतम, सीता वादी, प्रतिभा रावल, निशा मेहेता, सस्मित पोखरेल, खडगराज पौडेल, विक्रम तिमिल्सिना, गीता चौधरी र दीपक साह छन् ।

गृहमन्त्री सुधन गुरुङलाई तेस्रो वरीयता दिएकोमा रास्वपामा निकै असन्तुष्टि थियो । पार्टी सदस्यता भर्खरै लिएको र सांसद र मन्त्रीसमेत पहिलोपटक भएको व्यक्तिलाई गृहमन्त्रीसहित तेस्रो वरीयता दिएपछि सच्याउन सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेनलाई आग्रह गरेका थिए ।