पूर्वपत्नीलाई मानसिक तनाव दिएको आरोपमा सञ्चारकर्मी जिपी तिमिल्सिना पक्राउ


काठमाडौं । पूर्वपत्नीलाई मानसिक तनाव दिएको आरोपमा सञ्चारकर्मी जिपी तिमिल्सिना पक्राउ परेका छन् । सोमबार भक्तपुर प्रहरीको महिला सेलले मंगलबार उनलाई पक्राउ गरेको हो ।

महिला सेलले सोमबार पक्राउ पुर्जी जारी गरेएपछि तिमिल्सिना सम्पर्कविहीन भएका थिए । उनीविरुद्ध पूर्व पत्नी उषा खड्गीले भक्तपुर प्रहरीमा अभद्र व्यवहार, धम्की तथा कुटपिटको प्रयाससहितका आरोपसहित सोमबार जाहेरी दिएकी थिइन् । त्यही जाहेरीका आधारमा महिला सेलले पक्राउ पुर्जी जारी गरेर उनलाई पक्राउ गरेको हो ।

तिमिल्सिना पक्राउ परेको खबर आएपछि मिस नेपालसमेत रहेकी उषा भक्तपुर महिला सेलमा मुद्दा दर्ता गर्न पुगेकी छन् । भक्तपुरका डिएसपी प्रकाश जबेगुले जीपीविरुद्ध अभद्र व्यवहार गरेको कसुरमा जाहेरी परेको जानकारी दिए ।

उषा र जीपीबीच २०७९ सालमा सम्बन्ध विच्छेद भएको थियो । सम्बन्ध विच्छेद भएपछि पनि उनीहरु एउटै घरको तल्लो र माथिल्लो तल्लामा बसोबास गर्दै आइरहेका छन् । जीपी माथिल्लो र उषा छोराछोरीसहित तल्लो तलामा बस्ने गर्छन् । तर पछिल्लो केही दिनयता जीपीले उषालाई घरबाट निस्किन दबाबसहित अमर्यादित क्रियाकलाप गर्दै आएको उनको भनाइ छ ।