कोभिडकालकै अवस्थामा फर्कंदै नेपाल, वर्क फ्रम होम र जोर–बिजोर प्रणाली लागू गरिँदै


काठमाडौैं । नेपालको सामाजिक र आर्थिक अवस्था कोभिडकालकै अवस्थामा फर्किन लागेको छ । त्यसबेला कोभिड संक्रमणका कारण सामाजिक दूरी कायम राख्नुपर्दा सबै क्षेत्र प्रभावित भएको थियो । खासगरी सामाजिक र आर्थिक क्षेत्रमा ठूलो असर गरेको थियो । कोभिडकालमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री थिए ।

यतिबेला भने इरान–इजरायल–अमेरिका युद्धका कारण पेट्रोलियम पदार्थको संकट समाधान गर्न सरकारले मितव्ययिता अपनाउन जनतालाई आग्रह गर्ने भएको छ । संयोगवश अहिले केपी ओलीलाई उनकै निर्वाचन क्षेत्रमा पराजित गरेका वालेन शाह बालेन प्रधानमन्त्री छन् ।

सरकारले घरबाटै काम गर्न सबैलाई आह्वान गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘वर्क फ्रम होम’का लागि आह्वान गर्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन्।

मन्त्री रावलले ऊर्जा बचत गर्न सरकारले आह्वान गरेको जानकारी दिइन् । त्यसका लागि थोक ब्रिक्री नियन्त्रण र उच्चपदस्थको इन्धन कटौतीसमेत भइसकेको बताइन् । ‘थोक बिक्री नियन्त्रण र उच्च पदस्थको इन्धन कटौती गरिसकेको अवस्था छ ।

वश्यक परे जोर बिजोर प्रणाली पनि यो सरकारले लागू गर्नेछ । सरकारले जनतासँग वर्क फर्म होम र विद्युतीय साधनको प्रयोग बढाउन आह्वान गर्दछ ।’

ऊर्जा बचत गर्न र संयमित हुन आग्रह गर्दै सरकारले भनेको छ, ‘आवश्यक परे जोर विजोर प्रणाली पनि सरकारले लागू गर्ने छ। सरकार जनतासँग वर्क फ्रम होम र विद्युतीय साधनको प्रयोग बढाउन आह्वान गर्दछ।’

यदि नेपालमा सरकारले वर्क फ्रम होम र यातायातमा जोर–बिजोर प्रणाली लागू गरेमा ठ्याक्कै नेपालको अवस्था पाँच वर्षअघि पुग्नेछ ।