काठमाडौं । सिंहदरबारमा ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ बारे छलफल जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सम्पूर्ण मन्त्रीहरूको उपस्थिति रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । कार्यक्रममा कूटनीतिक आचारसंहिताको महत्त्व, यसको प्रभावकारी कार्यान्वयन तथा समसामयिक परराष्ट्र मामिलाका विविध पक्षहरूबारे विस्तृत छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री वालेन्द्र शाह बालेनले मन्त्रीहरूसँग ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ छलफल गरेका हुन् । आजै प्रधानमन्त्री बालेनले सिंहदरबारमा २० देशका राजदूतहरूसँग सामूहिक छलफल गर्दैछन् ।
प्रधानमन्त्री नियुक्त भएपछि प्रधानमन्त्रीका रूपमा बालेनले पहिलोपटक सामूहिक भेटघाट गर्न लागेका हुन् । विगतमा प्रधानमन्त्रीले शपथ खाएदेखि सिंहदरबार र बालुवाटारमा विदेशी राजदूत र कूटनीतिकले एक्लाएक्लै भेट गर्ने चलन थियो । बालेनले त्यसलाई रोक लगाएका छन् ।












प्रतिक्रिया