हाजिर जमानीमा रिहा भएपछि ओलीलाई लिन अस्पताल पुगिन् राधिका


काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा भएका छन् । काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुख रमेश थापाले ओली र लेखकलाई हाजिर जमानीमा थुनामुक्त गरिएको जानकारी दिए । सर्वोच्च अदालतको परमादेशअनुसार थुनामुक्त भएका ओली हाल शिक्षण अस्पतालमा उपचाररत छन् ।

प्रहरी हिरासतमा रहेका ओलीलाई लिन पत्नी राधिका शाक्य शिक्षण अस्पताल पुगेकी छन् । तर अस्पतालले भने ओलीलाई डिस्चार्ज गर्न नमिल्ने बताएको छ । ओलीको स्वास्थ्य अवस्था सामान्य नरहेको र शनिबार पित्त थैलीको पत्थरीको अप्रेसनको मिति तोकिएकाले पनि अस्पतालले डिस्चार्ज गर्न नमानेको हो ।