चलचित्र ‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ सार्वजनिक, भिडियोमा सविन र एलिसाको आकर्षक नृत्य


काठमाडौं – यही वैशाख २५ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ सार्वजनिक गरिएको छ। यसअघि ‘सुनैको सपनी’ र ‘ढुङ्गा माथि लेऊ’ सार्वजनिक भइसकेको अवस्थामा निर्माण पक्षले तेस्रो गीतका रूपमा यो डान्सिङ नम्बर सार्वजनिक गरेको हो।

गीतमा गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर रहेको छ। शब्द राजेन्द्र थापाको, संगीत राजन राज शिवाकोटीको तथा एरेन्ज श्यामश्वेत रसाइलीको रहेको छ।

गीतको भिडियो आकर्षक र भव्य शैलीमा प्रस्तुत गरिएको छ। रोशन विश्वकर्माको कोरियोग्राफी रहेको भिडियोमा मुख्य कलाकार विजय बराल, वर्षा राउत र मेक्सम गौडेलसँगै सविन कार्की (बिस्ट), एलिसा शर्मा र रोशित कर्माचार्यको विशेष उपस्थितिमा नृत्य देख्न सकिन्छ।

सहायक कोरियोग्राफी सुनिता पोखरेल, मेकअप विक्रम थापा र शंकर थापा, हेयर स्टाइल रश्मी दाहाल तथा कला निर्देशन मनिता सुन्दासले गरेका छन्।

प्रकु पाण्डेयको निर्देशनमा बनेको यस चलचित्रलाई रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण गरिएको हो। कथा निर्देशक पाण्डेयकै हो भने पटकथा तथा संवाद संयोग गुरागाईँले लेखेका हुन्।

चलचित्रमा विजय बराल, वर्षा र मेक्समसहित नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला लगायतका कलाकारहरूको अभिनय रहेको छ।

कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने सह-निर्मातामा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ रहेका छन्।

छायांकन महेश पौडेल, सम्पादन रोमी मोजेज, रङ्ग संयोजन कृष्ण भण्डारी, ब्याकग्राउन्ड म्युजिक सुजिल कर्माचार्य र ध्वनि मिश्रण डिकेश खड्गीले गरेका छन्।

आरआर फिल्म्सले वितरण गर्ने यो चलचित्र वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।