काठमाडौँ । रास्वपा नेतृत्वको सरकार बन्नेवित्तिकै संसदको नियम नै परिवर्तन गरिएको छ । अबदेखि प्रतिनिधिसभाको बैठकमा फोटो खिच्न, अडियो र भिडियो रेकर्ड गर्न नपाइने भएको छ । प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीको मस्यौदामा यस्तो व्यवस्था गरिएको हो । रास्वपा सांसद गणेश पराजुलीको संयोजकत्वको संसदीय समितिले यस्तो नियम बनाएको हो ।
नियमावलीको नियम २० मा यो व्यवस्था गरिएको छ । सो नियमको बैठकमा पालन गर्नुपर्ने नियम शीर्षकको उपनियम (ट) मा लेखिएको छ, ‘बैठक कक्षमा फोन साइलेन्ट अवस्थामा राख्नुपर्ने, फोनमा कुरा गर्न, फोटो खिच्ने तथा अडियो र भिडियो रेकर्ड गर्न नहुने ।’ यसअघिको कार्यसञ्चालन नियमावलीमा यो व्यवस्था थिएन।
निर्वाचित सरकार नै अब निरंकुश बन्दै जान थालेको छ । सुशासन र भ्रष्टाचारको नारा दिएर ठूलो दल बनेको रास्वपाले अब जनताको मौलिक हक र अधिकारदेखि स्वतन्त्रतामा समेत बन्देज लगाउन थालेको छ ।













प्रतिक्रिया