काठमाडौं – चलचित्र मालती मंगले ले प्रदर्शनको दोस्रो दिनदेखि घरेलु बक्स अफिसमा उत्साहजनक व्यापार गर्न थालेको छ । सुरुवाती शोमा सामान्य ओपनिङ गरेको चलचित्रले दर्शकबाट सकारात्मक ‘माउथ पब्लिसिटी’ पाएपछि देशभरका सिनेमा हलमा दर्शकको चाप बढेको हो ।
शनिबार चलचित्रको टोली दर्शक प्रतिक्रिया बुझ्न राजधानीका विभिन्न हलमा पुगेको थियो । निर्माता तथा गायक रामकृष्ण ढकाल सहित कलाकार वर्षा राउत, विजय बराल, मेक्सम गौडेल र उमेश सुनाम हलमा पुग्दा दर्शकको उत्साह उल्लेखनीय देखिएको थियो ।
चलचित्र हेरेर बाहिरिएका दर्शकले कथावस्तु, भावनात्मक प्रस्तुति र अभिनयको खुलेर प्रशंसा गरेका छन् । विशेषगरी वर्षा राउत, विजय बराल र मेक्सम गौडेलको अभिनयलाई दर्शकले रुचाएका छन् । निर्देशक प्रकु पाण्डेय को निर्देशन रहेको चलचित्रले आगामी दिनमा अझ राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।
















प्रतिक्रिया