वैशाख २५ गतेदेखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’ प्रदर्शनको १०औँ दिनमा प्रवेश गरेको छ । बादी समुदायको पृष्ठभूमिमा आधारित आमा–छोरीको भावनात्मक कथाले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । बलियो ‘वर्ड अफ माउथ’का कारण फिल्मले १०औँ दिनमा थप शो पाउनुका साथै दर्शकको उपस्थिति पनि उल्लेख्य रूपमा बढेको निर्माण टिमले जनाएको छ । काठमाडौँसँगै मोफसलका हलहरूमा पनि फिल्मले राम्रो साथ पाइरहेको छ ।
हालै सार्वजनिक गरिएको नयाँ पोस्टरमा अभिनेत्री स्वस्तिमा खड्का र नव अभिनेत्री प्रशंसा सुवेदीलाई फिचर्ड गरिएको छ । फिल्ममा उनीहरूले आमा र छोरीको भूमिका निर्वाह गरेका छन् । पोस्टरमा समावेश दृश्य फिल्मको महत्वपूर्ण क्षणमध्ये एक मानिएको छ, जहाँ हलमा दर्शकले ताली र सिट्टी बजाएर प्रतिक्रिया दिने गरेका छन् । पोस्टरले आफ्ना सन्तानको सुरक्षाका लागि एउटी आमाले जुनसुकै संघर्ष गर्न सक्ने सन्देश प्रस्तुत गरेको छ ।
फिल्मलाई बादी समुदायका अभियन्ताहरूले मर्मस्पर्शी कथा भएको भन्दै प्रशंसा गरेका छन् । सुर्खेतस्थित लक्ष्मी चलचित्र मन्दिरमा मात्रै १५० भन्दा बढी बादी समुदायका दर्शकले फिल्म हेरेका थिए । हिरालाल बादी, कुमार बादी, डोल्मा बादी, सपना बादी लगायतका अभियन्ताले फिल्म हेरेपछि निर्माण टिमलाई धन्यवाद दिएका थिए ।
अभियन्ता सपना बादीका अनुसार फिल्मले समुदायमाथि भएको शोषण र विभेदलाई उजागर गर्नुका साथै शिक्षामार्फत परिवर्तन र प्रतिरोधको प्रेरणा दिएको छ । उनले एउटी आमाले आफ्नो सन्तानका लागि समाज, राज्य र शासकविरुद्ध गर्ने संघर्षलाई निकै प्रभावशाली रूपमा प्रस्तुत गरिएको बताइन् ।
मोफसल भ्रमणअन्तर्गत अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, निर्देशक यम थापा र कार्यकारी निर्माता प्रदीप भट्टराईको टोली सुर्खेत, नेपालगञ्ज र बुटवलका दर्शकसँग साक्षात्कार गरेर काठमाडौं फर्किएको छ । अब पुनः उपत्यकाका हलहरूमा दर्शकसँग भेटघाट गर्दै मोफसल भ्रमणलाई निरन्तरता दिने तयारी टिमको छ ।
मोफसल भ्रमणमा बादी समुदायबाट पाएको मायाले आफू उत्साहित बनेको स्वस्तिमा खड्काले बताइन् । उनले आफूहरूले देखाएको कथा र पीडालाई सम्बन्धित समुदायले नै आत्मसात् गर्दै सकारात्मक प्रतिक्रिया दिएको कुरा नै फिल्मको सबैभन्दा ठूलो सफलता भएको उल्लेख गरिन् ।
फिल्ममा नव अभिनेता विशाल देवकोटा र नव अभिनेत्री प्रशंसा सुवेदीको अभिनयको पनि प्रशंसा भइरहेको छ । दर्शकले दुवै कलाकारको अभिनयलाई प्रभावशाली भन्दै सराहना गरेका छन् । निर्माता म्याक्स दीपेश खत्रीका अनुसार पहिलो साताको तुलनामा दोस्रो सातामा फिल्मको शो संख्या बढेको छ ।
उनले दर्शकको मायाले निर्माण टिम उत्साहित भएको बताउँदै फिल्म हेरेर बाहिरिने धेरै दर्शक भावुक बनेको प्रतिक्रिया दिए । विशेषगरी एकल आमाले छोरीको भविष्यका लागि गर्ने संघर्षले दर्शकलाई भावुक बनाएको छ ।
निर्देशक तथा लेखक यम थापाले फिल्मबारे बनेका विभिन्न अड्कलबाजी फिल्म हेरेपछि स्वतः स्पष्ट हुने बताए । उनले ‘लालीबजार’लाई स–परिवार बसेर हेर्न सकिने सामाजिक कथा भएको उल्लेख गरे ।
फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी र विरवल चौधरीलगायत कलाकारहरूको अभिनय रहेको छ ।
यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले नेपाली रजतपटमा डेब्यु गरेका हुन् । विशाल थियटरका अभिनेता तथा निर्देशक हुन् भने प्रशंसा जेन–जी पुस्ताकी अभियन्ताका रूपमा परिचित छिन् ।
निर्देशक यम थापाको कथा तथा निर्देशनमा बनेको फिल्मको पटकथा र संवाद यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् । फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुन् ।
फिल्ममा क्रिएटिभ निर्दे
















प्रतिक्रिया