पेलिएर आएकाहरूले विपक्षीलाई पेलेको पटक्कै सुहाएन” : खुश्बु ओली


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओली ले प्रतिनिधिसभामा सत्तापक्षले विपक्षीलाई नजरअन्दाज गर्दै अघि बढ्न खोजेको भन्दै आपत्ति जनाएकी छन् ।

मंगलबारको बैठकमा बोल्दै उनले विगतमा आफूहरू सत्तापक्ष हुँदा पेलिएको अनुभव स्मरण गर्दै अहिले सत्तामा पुगेपछि विपक्षीलाई दबाउने प्रवृत्ति उचित नभएको टिप्पणी गरिन् ।

उनका अनुसार विधेयकमाथिको छलफलका क्रममा केही सांसदहरूले विपक्षीलाई ‘ज्ञान बाँड्ने’ शैलीमा प्रस्तुत हुँदा संसद्को समय दुरुपयोग भएको देखिएको छ ।

‘सत्ता पक्ष प्रतिपक्ष हुँदा इतिहासमा सम्भवतः सबैभन्दा बढी पेलिएको होला । पेलिएर आएका शक्तिहरूले नै अहिले विपक्षीलाई पेलेको सुहाउँदैन,’ उनले भनिन् ।

ओलीले विपक्षी दलहरूको आवाज दबाउने प्रयास नगर्न सरकार र सत्तापक्षलाई चेतावनीसमेत दिएकी छन् ।