रास्वपा मकवानपुरको प्रथम अधिवेशनबाट सञ्जीव पाठकको नेतृत्वमा नयाँ समिति चयन


हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम ऐतिहासिक जिल्ला अधिवेशनबाट नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।

अधिवेशनले सञ्जीव पाठक लाई जिल्ला सभापतिमा सर्वसम्मत रूपमा चयन गरेको छ। त्यसैगरी, उपसभापतिमा टाकाराज थापा (सुरेश) र सचिवमा विषभ अधिकारी चयन भएका छन्।

नवनिर्वाचित नेतृत्वसहितको कार्यसमितिले पार्टी संगठनलाई जिल्लाभर थप सुदृढ बनाउने, जनतासँगको सम्बन्ध विस्तार गर्ने तथा सुशासन र जवाफदेहिताका मुद्दालाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।

रास्वपाको जिल्ला तहमा पहिलो पटक सम्पन्न अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुनु संगठनात्मक एकता र सहमतिमूलक राजनीतिक संस्कृतिको उदाहरणका रूपमा हेरिएको छ। अधिवेशनमा सहभागी नेता तथा कार्यकर्ताहरूले नवनिर्वाचित टोलीलाई सफल कार्यकालको शुभकामना दिएका छन्।