काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बहिष्कार गरेका छन् । लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । सिंहदरवारमा बस्ने गरी आह्वान गरिएको बैठकमा प्रमुख पार्टीका सभापतिरअध्यक्षलाई आमन्त्रण गरिएको थियो ।
तर, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट भने अहिलेसम्म बैठकमा सहभागिता छैन। भारत भ्रमण सकेर फर्किएपछि लामिछानेले शीर्ष नेताहरूसँग संवाद गर्न लागेका हुन् । बैठकमा रास्वपाका सभापति लामिछाने, महामन्त्री कविन्द्र बुर्लाकाेटी, सहामहामन्त्री विपी आचार्य, सांसद दीपक बाेहाेरा, कानुनमन्त्री साेबिता गाैतम सहभागी छन्।
यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सांसद साहजना खातुन सहभागी छन् भने नेकपा एमालेबाट संसदीय दलका प्रमुख सचेतक ऐनबहादुर महर सामेल छन्। यसैगरी नेकपाका सहसंयाेजक माधव नेपाल, सांसद वर्षमान पुन, राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन, प्रमुख सचेतक खुस्बु ओली, जसपा नेपालका राष्ट्रियसभा सदस्य महमाेद खालिल सहभागी छन्।

















प्रतिक्रिया