काठमाडौं l फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा पूर्वविश्व विजेता स्पेन र विश्वकपमा पहिलोपटक सहभागी भएको केप भर्डे बीचको प्रतिस्पर्धा गोलरहित बराबरीमा सकिएको छ।
अमेरिकाको मर्सिडिज-बेन्ज रंगशाला मा सम्पन्न खेलमा स्पेनले बल नियन्त्रण र आक्रमणमा दबाब बनाए पनि केप भर्डेको सुदृढ रक्षापङ्क्ति तथा गोलरक्षक भोजिन्हाको उत्कृष्ट प्रदर्शनका कारण गोल गर्न सकेन।

सन् २०१० को विश्वकप विजेता स्पेनलाई बराबरीमा रोक्दै केप भर्डेले आफ्नो विश्वकप इतिहासमा महत्वपूर्ण अंक जोड्न सफल भएको छ। खेल बराबरीमा सकिएसँगै समूह ‘एच’मा रहेका दुवै टोलीले एक–एक अंक बाँडेका छन्।
विशेषगरी ४० वर्षीय गोलरक्षक भोजिन्हाले स्पेनका लगातार आक्रमण विफल पार्दै खेलका प्रमुख आकर्षण बने। परिणामले केप भर्डेको आत्मविश्वास बढाएको छ भने स्पेनमाथि आगामी खेलहरूमा दबाब थपिएको छ।

















प्रतिक्रिया