रास्वपाको बन्दसत्र सुरु हुन ढिलाइ, चियाखाजाका कारण तालिका प्रभावित


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत सोमबार बिहान ८ः३० बजेदेखि सुरु हुने भनिएको बन्दसत्र निर्धारित समयभन्दा ढिलो भएको छ। बिहान १०ः३० बजेसम्म पनि बन्दसत्र सुरु हुन सकेको छैन।

पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटि का अनुसार चियाखाजालगायत व्यवस्थापकीय कारणले बन्दसत्र थाल्न ढिलाइ भएको हो।

कार्यतालिकाअनुसार बन्दसत्रको सुरुवातमा अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गरिनेछ। आयोगका संयोजक रमाकानत रिमालले प्रतिवेदन पेस गरेपछि त्यसमाथि छलफल हुनेछ।

त्यसपछि कोषाध्यक्ष लिमा आधिकारिले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नेछिन्। आर्थिक प्रतिवेदनमाथिको छलफलपछि महामन्त्री बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ।

यस्तै, सहमहामन्त्री बिपिन आचर्यले पार्टी विधानमाथिको छलफल अगाडि बढाउनेछन्। विधान पारित भएपछि पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। उक्त प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने महाधिवेशनको कार्यतालिका रहेको छ।