काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई पक्राउ गरिएको छ। स्रोतका अनुसार उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको हो। उनीमाथि गरिएको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतबारे अनुसन्धान भइरहेको बताइएको छ।
पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई त्यहीँबाट पक्राउ गरिएको जनाइएको छ। हाल उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी भइरहेको स्रोतले जनाएको छ। प्रहरीले उनलाई हवाई वा स्थलमार्गमध्ये उपयुक्त माध्यमबाट काठमाडौं ल्याउने तयारी गरेको बताइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

















प्रतिक्रिया