भरतपुर । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदका लागि सांसदद्वय यज्ञमणि न्यौपाने र रमेश प्रसाईंले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन्।
महाधिवेशनस्थलमा आयोजित पत्रकार सम्मेलनमार्फत दुवैले सहमहामन्त्री पदमा आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्। पार्टीको विधानअनुसार रास्वपामा पाँच जना सहमहामन्त्री रहने व्यवस्था छ।
महाधिवेशनमा पार्टीको नयाँ नेतृत्व चयनका लागि विभिन्न पदमा उम्मेदवारी घोषणा हुने क्रम जारी रहेको छ। सहमहामन्त्री पदमा न्यौपाने र प्रसाईंको प्रवेशसँगै प्रतिस्पर्धा थप रोचक बनेको छ। पार्टीका प्रतिनिधिहरूले मतदानमार्फत नयाँ नेतृत्व चयन गर्नेछन्।

















प्रतिक्रिया