भरतपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि रवि लामिछाने ले उम्मेदवारी दर्ता गरेका छन्। उनको उम्मेदवारीको प्रस्तावकमा बालेन्द्र शाह रहेका छन्।
रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा लामिछानेले सभापति पदका लागि उम्मेदवारी दिएका हुन्। प्रस्तावकका रूपमा प्रधानमन्त्री शाहको सहभागिताले महाधिवेशनमा विशेष चासो र चर्चा उत्पन्न गरेको छ।
पार्टीको नयाँ नेतृत्व चयनका लागि महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दर्ता तथा निर्वाचन प्रक्रिया जारी रहेको छ।

















प्रतिक्रिया