काठमाडौं । पूर्वअर्थमन्त्री तथा विष्णु पौडेललाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ।
पौडेलकी पत्नी निवेदक बनेको रिटमा राजनीतिक प्रतिशोधका आधारमा बिना पर्याप्त प्रमाण पक्राउ गरिएको उल्लेख गर्दै तत्काल रिहाइको आदेश माग गरिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दीपक भट्ट र कमलकिशोर मालपानी समूहबीचको शेयर कारोबारमा चिनजान गराइदिएको बयानका आधारमा पौडेललाई पक्राउ गरेको थियो। विभागले उनलाई मंगलबार पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।
पौडेललाई सोमबार सुर्खेतमा एक कार्यक्रममा सहभागी भइरहेका बेला पक्राउ गरी सोही रात काठमाडौं ल्याइएको बताइएको छ। रिटमा पक्राउ प्रक्रिया र हिरासतलाई गैरकानूनी भएको दाबी गरिएको छ।
अब सर्वोच्च अदालतले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै आवश्यक आदेश जारी गर्नेछ।

















प्रतिक्रिया