चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि १० जना नेताले उम्मेदवारी दिएका छन्। पार्टीको महत्वपूर्ण कार्यकारी जिम्मेवारी मानिने महामन्त्री पदका लागि अनुभवी र युवा नेताहरूबीच प्रतिस्पर्धा हुने भएको छ।
महामन्त्री पदका लागि उम्मेदवारी दिनेहरूमा मनीष झा, शिशिर खनाल, विपिन आचार्य, कबिन्द्र, गणेश पराजुली, रञ्जु दर्शना, सागर ढकाल, प्रमोद न्यौपाने, गणेश कार्की र राजु पाण्डे रहेका छन्।
पार्टी संगठन सञ्चालन, नीति कार्यान्वयन तथा आन्तरिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका रहने भएकाले महामन्त्री पदलाई रास्वपाभित्र निकै प्रभावशाली मानिन्छ। उम्मेदवारी दर्तासँगै महाधिवेशनमा महामन्त्री पदको प्रतिस्पर्धा थप रोचक बनेको छ।
प्रतिनिधिहरूको मतबाट नयाँ महामन्त्री चयन हुने भएकाले उम्मेदवारहरू यतिबेला आफ्नो पक्षमा समर्थन जुटाउन सक्रिय देखिएका छन्। महाधिवेशनको नतिजाले रास्वपाको भावी संगठनात्मक दिशा तय गर्ने अपेक्षा गरिएको छ।

















प्रतिक्रिया