जापानले रच्यो इतिहास, कुनै पनि एसियाली टोलीले बनाउन नसकेको कीर्तिमान


फिफा। विश्वकपको समूहचरणमा अपराजित रहँदै जापान नकआउट चरणका लागि छनोट भएको छ। एक जित र दुई बराबरीसहित ५ अंक जोड्दै जापान समूह उपविजेता बनेर अन्तिम १६ मा स्थान बनाउन सफल भयो।

शुक्रबार बिहान भएको समूहचरणको अन्तिम खेलमा जापानले स्विडेनसँग १–१ गोलको बराबरी खेलेको थियो। उक्त नतिजासँगै जापानले लगातार उत्कृष्ट प्रदर्शन गर्दै नकआउट यात्रा तय गर्यो।

यससँगै जापानले विश्वकप इतिहासमा पाँचौं पटक नकआउट चरणमा पुग्ने पहिलो एसियाली टोली बनेर नयाँ कीर्तिमान कायम गरेको छ।

यसअघि जापान सन् २००२, २०१०, २०१८ र २०२२ मा पनि विश्वकपको नकआउट चरणमा पुगेको थियो। अब २०२६ संस्करणमा पनि अन्तिम १६ मा स्थान सुरक्षित गर्दै उसले एसियाली फुटबल इतिहासमा नयाँ अध्याय थपेको छ।