रास्वपाको उपसभापति दौडबाट समीक्षा बास्कोटा पछि हटिन्


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत उपसभापति पदकी उम्मेदवार समीक्षा बास्कोटाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्।

सामाजिक सञ्जालमार्फत निर्णय सार्वजनिक गर्दै बास्कोटाले संस्थालाई अझ एकताबद्ध र सही लयमा अघि बढाउन आवश्यक पर्दा एक कदम पछाडि हट्न सक्नु पनि परिपक्व र बुद्धिमानीपूर्ण राजनीतिक निर्णय हुने विश्वासका साथ उम्मेदवारी फिर्ता लिएको बताएकी छन्।

उनले महाधिवेशनबाट आफूलाई केन्द्रीय सदस्यमा निर्वाचित गराउने सम्पूर्ण प्रतिनिधिप्रति हार्दिक आभार व्यक्त गर्दै आफूले प्राप्त गरेको विश्वासलाई पार्टी, देश र जनताको हितमा इमानदारीपूर्वक निभाउने प्रतिबद्धता पनि जनाएकी छन्।

बास्कोटाको उम्मेदवारी फिर्तासँगै रास्वपाको उपसभापति पदको प्रतिस्पर्धाको समीकरणमा परिवर्तन आएको छ। अब अन्तिम नामावली सार्वजनिक भएपछि बाँकी उम्मेदवारबीच निर्वाचन हुने छ।