भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत महिला उपसभापति पदमा सोविता गौतम र तोसिमा कार्कीबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पदाधिकारी उम्मेदवारहरूको अन्तिम सूचीअनुसार महिला उपसभापति पदमा सोविता गौतम र तोसिमा कार्कीको मात्रै उम्मेदवारी परेको छ। यससँगै दुवै नेतृबीच महिला उपसभापति पदका लागि कडा प्रतिस्पर्धा हुने निश्चित भएको हो।
सोविता गौतम र तोसिमा कार्की दुवै रास्वपाका लोकप्रिय तथा प्रभावशाली युवा नेतृका रूपमा परिचित छन्। पार्टीको प्रथम महाधिवेशनअन्तर्गत हुने मतदानमार्फत प्रतिनिधिहरूले महिला उपसभापति चयन गर्नेछन्।
रास्वपाको नयाँ नेतृत्व चयनलाई लिएर चासो बढिरहेका बेला महिला उपसभापति पदको यो प्रतिस्पर्धालाई महाधिवेशनको महत्वपूर्ण भिडन्तका रूपमा हेरिएको छ।

















प्रतिक्रिया