सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य शुक्रबारको तुलनामा प्रतितोला ४०० रुपैयाँले घटेर २ लाख ९० हजार ३०० रुपैयाँ कायम भएको छ। शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ। शुक्रबार ४ हजार ६१५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ४ हजार ६०५ रुपैयाँ प्रतितोलामा किनबेच भइरहेको महासंघले जनाएको छ।