सुन तोलामा ९०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तो


काठमाडौं । नेपाली सुनचाँदी बजारमा साताको दोस्रो दिन सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेर २ लाख ८९ हजार ४०० रुपैयाँ कायम भएको छ। आइतबार यही सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार सोमबार चाँदी प्रतितोला २० रुपैयाँले घटेर ४ हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६०५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूले बताएका छन्। विवाह तथा चाडपर्वको सिजन नजिकिँदै गर्दा सुनचाँदीको मूल्यमा आएको गिरावटले उपभोक्तालाई केही राहत मिलेको छ।