काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको उपचारकै क्रममा निधन भएको छ।
आफ्नै घरको भान्साकोठामा आत्मदाह प्रयास गरेका राउतलाई प्रहरीले तत्काल उद्धार गरी वीर अस्पताल पुर्याएको थियो। अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेकै क्रममा उनको केहीबेरअघि निधन भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार राउतको शरीर ५० प्रतिशतभन्दा बढी जलेको थियो।
प्रहरीका अनुसार राउत श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















प्रतिक्रिया