सरकारी कर्मचारीलाई धूम्रपान र मदिरा सेवनमा कडाइ, सरकारले ल्यायो नयाँ आचारसंहिता


काठमाडौं । रास्वपा वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सरकारी कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गर्दै धूम्रपान र मदिरा सेवनमा कडाइ गरेको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै जारी गरेको ‘कर्मचारी आचारसंहिता, २०८३’ अनुसार कर्मचारीले कार्यालय वा सार्वजनिक स्थलमा मदिरा सेवन, धूम्रपान, जुवातास खेल्ने तथा अन्य अमर्यादित गतिविधि गर्न वा गराउन नपाउने व्यवस्था गरिएको छ।

आचारसंहिताको दफा ६(झ) मा भनिएको छ, “कार्यालय वा सार्वजनिक स्थलमा मदिरा सेवन गर्ने, जुवातास खेल्ने, धूम्रपान गर्ने वा अन्य अमर्यादित कार्य गर्नु गराउनु हुँदैन।”

सरकारले सरकारी सेवामा अनुशासन, मर्यादा, व्यावसायिक आचरण तथा सार्वजनिक सेवाप्रतिको विश्वास अभिवृद्धि गर्ने उद्देश्यले उक्त व्यवस्था लागू गरेको जनाएको छ।