काठमाडौं – इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने बहुप्रतीक्षित खेलअघि सुरक्षा व्यवस्था कडा पारिएको छ।
बीबीसीका अनुसार अमेरिकाको एटलान्टास्थित रंगशालामा हुने खेलअघि दुई देशबीचको ऐतिहासिक तथा राजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा सतर्कता बढाइएको हो।
सन् १९८२ मा बेलायत र अर्जेन्टिनाबीच भएको फल्कल्यान्ड्स युद्ध दुई देशको सम्बन्धमा अहिले पनि संवेदनशील विषय मानिन्छ। ७४ दिनसम्म चलेको उक्त युद्धमा दुवै पक्षका सयौं सैनिकको ज्यान गएको थियो। अर्जेन्टिनाले लास माल्भिनास भन्ने फल्कल्यान्ड्स टापुको सार्वभौमिकतामाथि अझै दाबी गर्दै आएको छ।
खेलअघि दुवै टोलीका समर्थकको ठूलो उपस्थिति रहने अपेक्षा गरिएकाले स्थानीय प्रशासनले सुरक्षा व्यवस्था थप कडा बनाएको जनाएको छ।
इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीचका खेलहरू विगतदेखि नै विश्व फुटबलका सबैभन्दा चर्चित प्रतिस्पर्धामध्ये एक मानिन्छन्। त्यसैले यसपटकको भेट पनि निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

















प्रतिक्रिया