कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ।

मुख्यमन्त्री कँडेलविरुद्ध नेकपाका ५ जना र नेपाली कांग्रेसका ११ जना सांसदसहित १६ सांसदले संयुक्त रूपमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्।

प्रदेशसभा सचिवालयमा दर्ता गरिएको प्रस्तावमाथि प्रदेशसभा नियमावलीअनुसार आवश्यक प्रक्रिया अघि बढाइनेछ। प्रस्तावमाथि छलफल र मतदानपछि मुख्यमन्त्री कँडेलले पदमा निरन्तरता पाउने वा नपाउने विषय टुंगो लाग्नेछ।