सुनसरी । सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेर घाइते भएका रविन्द्र मेहताको काठमाडौंमा उपचारका क्रममा निधन भएपछि कप्तानगञ्ज क्षेत्र तनावग्रस्त बनेको छ।

उनको निधनको खबर सार्वजनिक भएपछि स्थानीयवासी सडकमा उत्रिएका छन्। प्रदर्शनकारीहरूले सडकमा काठका मुडा तेर्स्याएर आवागमन अवरुद्ध गरेका छन् भने घटनाप्रति विरोध प्रदर्शन गरिरहेका छन्।

क्षेत्रको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सुरक्षा निकाय परिचालन गरिएको छ। घटनास्थितिबारे थप विवरण आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ।





















प्रतिक्रिया